२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

पत्रकार उपचार कोषलाई ५१ हजार

झापा । पत्रकार उपचार कोष स्थापनाका लागि न्युटन एजुकेशन एकेडेमीले ५१ हजार रुपैयाँ उपलब्ध गराएको छ । झापाको विर्तामोडमा रहेको विद्यालयका संस्थापक हरिकुमार प्रसाई र धर्मा पराजुली प्रसाईले मानविय सेवाका लागि भन्दै रकम उपलब्ध गराएका हुन् । नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यवाहक अध्यक्ष तथा कोषका संयोजक एकराज गिरी सहितका टोलीले सहयोग बुझेका थिए ।…