९ बैशाख २०८१, आइतबार । April 22, 2024

ग्लोबल

भारतमा विलय भएको ४२ वर्ष पछि चाम्लिङले मुख खोले



पाँचथर।  सिक्किम राज्यका मुख्य मंत्री पवन चाम्लिङले १९७५ मा भारत संग सिक्किम त्यतिकै गाभिएको हैन भनेका छन् ।
दक्षिणी सिक्किममा एउटा माहाविद्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने भारत संग सुरक्षित ठानेर सिक्किम गाभिएको हो । तर अहिले सिक्किमे जनताको ज्यान, धनको मात्र सुरक्षामा समस्या नभएर रासनमा समेत अवरोध भएको बताएका छन् । सिलिगढीमा हुने यस्तो कार्यमा पस्चिम बंगाल सरकारको हात रहेको र त्यहाँको सत्तासिन दल त्रिणमुल कांग्रेसका कार्यकर्ताको संलग्नता भएको आरोप लगाएका छन् ।  यसको समाधान केन्द्रिय सरकारले गर्नुपर्ने भन्दै सिक्किमेको रोजिरोटी रोक्ने पश्चिम बंगाल सरकार विरुद्ध क्षतिपुर्तीका लागि अदालत जाने चेतावनी दिए ।तरपनि समस्या टार्न जनतालाई राहत दिने उनले आस्वासन दिएका छन् । भारत र चीन विच सिक्किम क्षेत्रमा भईरहेको समस्यालाई त्यहाँको जनता सँग दाँज्दै भने, सिक्किमे जनतालाई सेन्विच (रोटीभित्र हालेर खानेकुरा) जस्तो बनईएको छ । भन्दै सिमानाको समस्यालाई शान्तिपुर्ण हल गर्ने आशय राख्दै भने, हामी शान्तिसुख संग बाँच्न चाहन्छौं । यस अघि उनले भनेका थिए, दार्जेलिङमा चलेको गोर्खाल्याण्डको जायज माग उठाउनु भारत भरीका जनताको संवैधानीक अधिकार हो । लोकप्रिय नेता चाम्लिङ लगातार पाँचौं पटक मुख्यमंत्रीमा चुनिएर शासन सम्हालिरहेका छन् । उनी संभवतः भारतको ईतिहासमा लामो शासन गर्ने पहिलो मुख्यमंत्री हुन् ।

https://www.youtube.com/watch?v=bR1DUI9_CM4

प्रकाशित : २२ असार २०७४, बिहिबार ००:००