९ बैशाख २०८१, आइतबार । April 21, 2024

ग्लोबल

न्युयोर्कमा माई प्रमिस प्रदर्शन हुने



न्युयोर्क । नेपाली चलचित्र “माई प्रमिस” न्युयोर्कमा प्रदर्शन हुने भएको छ ।
अभिनेता रमेश राई र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको छ भने निर्देशन सुरज सुब्बा नाल्बोले गरेका छन् । स्थापित नायिका केकी साथै चलचित्र क्षेत्रमा नयाँ छवी बनाउँदै गरेका रमेश, विल्सनविक्रम राई लगायतको भुमिका रहेको छ । चलचित्रको प्रदर्शन आगामी शनिवार ९ जुलाईका दिन दिउँसो ३ बजेदेखि 400876 street, Elmhurst NY 113  मा प्रदर्शन हुने जनाईएको छ । न्युयोर्क स्थित विभिन्न नेपाली संघ संस्थाहरुले सहयोग गर्ने चलचित्र प्रदर्शनको तयारी भैसकेको जनाईएको छ ।
अभिनय तथा निर्माता सहित दर्जन ज्यादा चलचित्रमा भुमिका निर्वाह गरिसकेका रमेशले फर्चुन अ लाईफ नामको चलचित्र मार्फत डेब्यु गरिसकेका छन् । रमेश नयाँ चलचित्रहरुमा समेत छाउने भैसकेको बताएका छन् । उनी चाँडैनै जिग्री तथा रैतीको राजा नामक चलचित्रमा मुख्य भुमिकामा देखापर्नेछन् । हाल अमेरिकामा रहेका रमेश चलचित्रको सिलसिलामा दुवै देश नेपाल र अमेरिकाका जम्दै आएका छन् ।

 

प्रकाशित : १९ असार २०७४, सोमबार ००:००