३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

ग्लोबल

अमेरिका र क्यानाडाबाट पनि गोर्खाल्याण्ड समर्थन (भिडियो सहित)



न्युयोर्क । अमेरिकाको न्युयोर्कमा बसोवास गर्ने भारतीय नागरिकहरुले गोर्खाल्याण्डको पक्षमा प्रदर्शन गरेका छन् ।

 


भारतको पश्चिमबंगाल राज्यको उत्तरी क्षेत्र दार्जेलिङ, सिलिगढी, डुवर्सका क्षेत्र समेटेर गोर्खाल्याष्ड राज्य गठनको माग गर्दै चलिरहेको आन्दोलनलाई समर्थन गर्दै प्रदर्शन भएको हो । न्युयोर्क बाहेक अमेरिकाको अन्य ठाउँमा समेत गोर्खाल्याण्ड गठनलाई सहयोग बारे छलफल तथा भेला हुने गरेको जनाईएको छ । यसैविच अमेरिकासँगै उत्तर तर्फ जोडिएको देश क्यानडामा बस्ने भारतिय नागरिकहरु पनि भेला भई प्लेकार्ड लगायत प्रदर्शन गरेका छन् ।

https://www.youtube.com/watch?v=tCduJtql2_8

प्रकाशित : २० असार २०७४, मंगलबार ००:००