६ बैशाख २०८१, बिहिबार । April 19, 2024

खेलकुद

विश्व च्याम्पियन पाक्याव पराजित



 

काठमाण्डौं । दर्शकको मन जिते पनि बक्सरका विश्व च्याम्पियन मेनी पाक्यावेले वेल्टरवेट च्याम्पियन २०१७ प्रतिस्पर्दामा पराजित भएका छन् ।

https://www.youtube.com/watch?v=JRJFfaJ_6Q0

अष्ट्रेलियामा आईतवार सम्पन्न बक्सिङ खेलमा ३८ वर्षिय फिलिपिनो बक्सरवाज पाक्याव स्थानिय जेफ हर्न सँगको प्रतिस्पर्दामा पराजित भएका हुन् । खेलको सवै राउण्ड भरी खेलेका दुवैको अनुहारमा चोट लागेर रगताम्य भएका थिए । पुरै राउण्ड खेलेकामा अन्तिम राउण्डतिर हर्न ज्यादा अनियन्त्रित भएको देखिन्थे । अंकको आधारमा हर्नलाई विजय गराउँदा निर्णायक विरुद्ध दर्शकहरुले विरोध जनाएका थिए । पराजय पछिको प्रतिकृयामा पाक्यावले भने पराजयको निर्णयलाई स्वगत गर्ने र फेरिपनि आफु खेल खेल्न तयार रहेको बताएका थिए । पाक्यावलाई पराजय गराएको भन्दै निर्णायक विरुद्ध संसारका समर्थकहरुले सामाजिक संजाल मार्फत विरोध जनाएका छन् । पाक्याव फिलिपिनका निर्वाचित संसद पनि छन् ।

प्रकाशित : १९ असार २०७४, सोमबार ००:००