१२ बैशाख २०८१, बुधबार । April 25, 2024

Uncategorized

अन्तर्कथा नामक वृतचित्र प्रदर्शनमा ल्याइयो



संघीय समाजवादी फोरम महिला विभागले नेपालका राज्य सत्ताद्वारा यहाँका आदिवासी जनजाती लगायत पछाडी पारिएका समूदायको पीडाहरुलाई समेटेर तयार गरिएको अन्तर्कथा नामक बृतचित्र प्रदार्शन सुरु गरेको छ ।
बृतचित्र निर्माता राजन राई द्वारा निर्मित उक्त बृतचित्र संघीय समाजवादी फोरम नेपालका वरिष्ठ अध्यक्ष अशोककुमार राईले गत जेठ ६ गते शनिवार चावहेल स्थित नेपाल चलचित्र विकास वोर्डको हलमा विमोचन गरेका थिए ।
उक्त बृत चित्रमा खास गरी तत्कालिन राजा पृथ्वी नारायण शाहले राज्य एकीकरणको नाममा नेपालको विभिन्न भूभागमा रहेका यहाँका आदिवासीहरुको भाषा लिपी संस्कार संस्कृती नामेट गरिएको र त्यस पछिका शासकहरुले निरन्तरता दिँदै खश संस्कृत भाषालाई मात्रै बढावा दिँदै लगेको बृतचित्रमा उल्लेख छ ।
संयुक्त राष्ट्रसंघले सुचिकृत गरेको बहु भाषिक र बहु सांस्कृतिक राज्यलाई नेपालमा १० वर्षे शसस्त्रु युद्ध र ०६२÷६३ को जनआन्दोलन पश्चात पुनस्थापित संसदले निर्माण गरेको अन्तरिम संविधान २०६३ ले दिएको अधिकारलाई नेपालको सम्विधान २०७० ले कटौती गरेकोले त्यसलाई पुनस्थापना गर्न दवाव दिन र अधिकार सम्पन्न बनाउने द्देश्यले बृतचित्र प्रदर्शनमा ल्याइएको अभियन्ता शुशीला श्रेष्ठको भनाई छ ।
यहाँका शासकले यहाँ वसोवास गर्ने कुनै पनि जातजातीको भाषा संस्कार संस्कृतीको विकास नभएको बुझेको भए पनि त्यसको विकासको लागि कुनै पनि ठोस कार्यक्रमहरु ल्याउनको सट्टा अझ वेवास्ता गर्दै गएको कारण सरकारलाई दवाव स्वरुप वृतचित्र प्रदर्शनमा ल्याइएको श्रेष्ठले बताइन् । वृतचित्र प्रदर्शनी देशव्यापी रुपमा संचालन गरिने उनको भनाई छ ।
यस अघि पनि पत्रकार भीषण राई द्वारा निर्मित किरात राई पत्रकार संघको आयोजनामा सोही हलमा पूर्वप्रधानमन्त्री तथा नेकपमा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई प्रमुख अितिथीको रुपमा राखेर शासकद्वारा पेलिँदाको आदिवासी आक्रोश बृतचित्रमार्फत पोखेका थिए ।

प्रकाशित : ८ जेष्ठ २०७४, सोमबार ००:००