१६ बैशाख २०८१, आइतबार । April 28, 2024

Breaking

भारतद्वारा पाँचदिन भित्र देश छोड्न क्यानडाली कूटनीतिज्ञलाई आदेश



एजेन्सी । भारतले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ ।

पृथकतावादी खालिस्तान नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा क्यानडाले एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले त्यसको जवाफमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो ।

निष्कासित क्यानाडाली कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको छ । विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानाडका उच्चायुक्तलाई बोलाएर सरकारको निर्णय जानकारी गराएको छ ।

प्रकाशित : ३ भाद्र २०८०, आइतबार ००:००