९ बैशाख २०८१, आइतबार । April 21, 2024

Breaking

युवामा देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना जगाउनुपर्छ : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा केही हुँदैन भन्ने मानसिकता विकास हुँदा युवा पलायन बढेको बताउनुभएको छ । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रम अन्तर्गत शुक्रबार नायक राजेश हमालसँगको संवादमा ओलीले युवालाई देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना र विश्वास जगाउन आवश्यक रहेको ओलीले बताउनुभयो । ‘युवामा देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना, गर्न सकिन्छ भन्ने विश्वास, गर्न सक्छौँ भन्ने आत्मविश्वास दिलाउनुपर्छ’, उहाँले भन्नुभयो । युवाको विदेश पलायन रोक्नु आजको मुख्य चुनौती भएको ओलीले बताउनुभयो । धेरै नेपाली युवा विदेशमा नै बस्ने गरी पलायन हुँदै गएका बताउनुभयो । अध्ययनका लागि बाहिर गएका धेरै नेपाली युवा स्वदेश फर्कने मनस्थितिमा नरहेको ओलीको भनाइ छ । ओलीले कुनै पनि देश त्यतिकै धनी नहुने बताउनुभयो । देश विकास गरेरै धनी हुने उहाँले प्रष्ट पार्नुभयो । देश विकासको लागि देशमा नै परिश्रम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । देश विकासको लागि देशवासीले नै पसिना बगाएको उहाँले स्पष्ट पार्नुभयो । ‘युवा पङ्क्तिलाई हामीले हाम्रो देश बनाउनुपर्छ, अनि मात्र विकसित हुन्छ, सुविधा सम्पन्न देशमा बस्न पाउँछौँ भन्ने कुरा बुझाउनु पर्छ’, ओलीले भन्नुभयो । युवालाई देशमा नै काम गर्ने वातावरण भने राज्यले बनाउनु पर्ने बताउनुभयो । राज्यले देशमा उद्यमशीलताको वातावरण बनाइदिनु पर्ने ओलीको धारणा छ ।

प्रकाशित : ७ चैत्र २०८०, बुधबार ००:००