१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मनोरञ्जन

३४ औं विवाह वर्षगाँठमा भावुक हुदै दिपकराजको स्टाटस



काठमाडौँ। अभिनेता दिपकराज गिरी र मेनुका गिरीले आज ३४ औं विवाह वर्षगाँठ हो । दिपकराजले आज ३४ औँ विवाह वर्षगाँठ भएको कुरा फेसबुक मार्फत जानकारि दिएका छन् । उनले भावुक हुदैँ लामो स्टाटस समेत लेखेका छन् । दिपकको स्टाटसमा श्रीमती प्रतिमा माया अत्याधिक रहेको बुझ्न सकिन्छ ।

कलाकार गिरीले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र श्रीमतीको तस्वीर र साहित्य पोष्ट गर्दै श्रीमतिलाई विवाह वर्षगाँठको शुभकामना दिएका छन् । उनीहरुका २ छोरा र एक छोरी छन् ।

दिपकको स्टाटसपछि कलाकार देखि उनका सुभचिन्तकको बधाइको आइरो लागेको देख्न सकिन्छ ।

दिपक र उनको परिवारलाइ हाम्रो पनि सुभकामना ।

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलबार ००:००