१० श्रावण २०८१, बिहिबार । July 26, 2024

Breaking

सुनको मूल्यमा नयाँ रेकर्ड



काठमाडौं । सुनको मूल्यमा नयाँ रेकड बनेको छ । आज एकै दिन सुन तोलामा २ हजार ६ सय रुपैयाँले बढेको छ । बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि १ लाख २५ हजार २ सय रुपैयाँ थियो ।

यसअघि फागुन २९ गते सुन तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो । त्यो रेकर्ड ९ दिनपछि तोडिएको छ ।
चाँदीको मूल्य १ हजार ५५५ कायम भएको छ । यो पनि हालसम्मकै उच्च हो ।

प्रकाशित : ८ चैत्र २०८०, बिहिबार ००:००