काठमाडौँ । मोरङको सुन्दरहरैचा नगरपालिका १० बाट लागूऔषध सहित ५ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
सोमवार राती ८ बजे ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३४ बर्षीय केशव तामाङको कोठाबाट डाईजोल्याप थान १०, लुपिजेसिक थान ७, एभिल थान १३ र गांजा २०० ग्राम फेला पारेको छ ।
पक्राउ परेका माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया