२९ चैत्र २०८०, बिहिबार । April 11, 2024

मुख्य खबर

शिक्षा दिवसका लागि आदर्श वाक्य तय



काठमाडौँ, ११ भदौ । अठतीसौैँ राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवसको आदर्श वाक्य तय गरिएको छ ।

आज बसेको दिवस मूल समारोह समितिको बैठकले ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ आदर्श वाक्य तय गरिएको शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती शर्माले जानकारी दिनुभयो ।

दिवस मनाउनका लागि मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । आव २०७३÷७४ सम्ममा प्रौढ साक्षरता ८० र १५ देखि ५९ वर्षसम्म ८९ प्रतिशत साक्षरता रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यही भदौ २३ गते उक्त दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

प्रकाशित : ११ भाद्र २०७४, आइतबार ००:००