६ माघ २०८१, आइतबार । January 20, 2025

Breaking

हामी ग्लोवल नेपालीको न्युयोर्कमा कार्यक्रम


११ पुस २०७९, सोमबार ००:००

0
Shares

न्युयोर्क । बिगत जस्तै यस पटक पनि हामी नेपाली ग्लोवलले अमेरिकाको न्युयोर्कमा आफ्नो स्थापना दिवस मनाएको छ ।

दिवसको अवसरमा न्युयोर्को सडकमा पैदल र्याली गरिएको थियो। व्यानर सहितको र्याली मार्फत बु्द्ध नेपालमा जन्मिएको बारे  र संसारको सबैभन्दा अग्लो शिखर माउन्ट एभरेष्ट पनि नेपालमानै रहेको भन्ने खालको प्लेकार्डहरु प्रदर्शन भएको थियो। त्यसैगरि बिभिन्न नेपाली भेषभुषा र संस्कृतीहरु बारेपनि जानकारी दिने खालको प्रदर्शन भएको थियो।

हामी ग्लोबल नेपाली संस्थाका केन्द्रिय अध्यक्ष अमृत लामाले संस्थाको कार्यक्रमको उदेश्य बारे बताउदै भने की स्नेथापना दिवसको खास उद्देश्य नेपालमा पर्यटन ब्यावसायको बिकासको लागि भएको बताए। कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष नवराज केसीको स्वागत मन्तव्य रहेको थियो भने न्युयोर्क च्याप्टरका सभापति ध्रुव कुँवर र किराँत याक्थुङ चुम्लुङका सभापति सुमन थाम्सुहांले धन्यवात मन्तब्य दिएका थिए ।

त्यस्तै युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका न्युर्योक च्याप्टरका सभापति ममता  खालिङ राई तथा कलाकार संघका वरिष्ठ उपाध्यक्ष बसन्ती राई, हामी नेपाली ग्लोवल अमेरिकाका केन्द्रीय सदस्य साङडुप लामा, सहकोषाध्यक्ष पुशपति श्रेष्ठ, क्वीन्स क्वान्टी डिष्ट्रीक एटोनीका सल्लाहकार सदस्य श्याम कार्की, हेलो अमेरिकाका सम्पादक तथा डाइरेक्टर सम्राट कार्की,  www.ancharkarmi.com का प्रकाशक तथा पत्रकार सन्तोष राई तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

यसै क्रममा दोस्रो चरणको कार्यक्रम नायग्रा फल्समा भएको थियो। सो कार्यक्रम मार्फत न्युयोर्कका लागि पर्यटन सद्भावनादूत केशवराम राईलाई हामी नेपाली ग्लोवल सिटी अफ न्युर्योक अफिस अफ द कन्ट्रोलर पुरस्कारले  सम्मान प्रदान गरिएको थियो भने अन्सय हयोगी दाता तथा ब्याक्तित्वहरुलाई कदरपत्र प्रदान गरि सम्मान गरिएको थियो। यसै अवसरमा केन्द्रिय अध्यक्ष लामाले संस्थाको अमेरिका च्याप्टर कार्यसमितिको नाम घोषणा पनि गरेका थिए।

प्रकाशित : ११ पुस २०७९, सोमबार ००:००