१५ बैशाख २०८१, शनिबार । April 27, 2024

International

फेसबुकले अमेरिकी चुनावको एक हप्ता अघिबाट राजनीतिक विज्ञापन नलिने



काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनावको एक हप्ता अघिबाट कुनैपनि राजनीतिक विज्ञापन प्रकाशन नगर्ने फेसबुकले जनाएको छ । आउँदो नोभेम्बर ३ मा नयाँ राष्टपतिका लागि अमेरिकामा चुनाव हुदैछ ।

पहिला नै प्रकाशित विज्ञापनहरु भने फेसबुकमा रहने कम्पनीका सिइओ मार्क जुकरबर्गले जनाएका छन् । मत गणना अगावै आफुलाई विजयको घोषण गर्ने उम्मेदवारका पोष्टहरुमा फेसबुकले कैफियत संकेतका लेबल राखिदिने छ ।

फेसबुकले यसअघि नै उम्मेदवारले राखेका विज्ञापनहरुको तथ्य जाँच नगरिने प्रष्ट पारिसकेको छ । त्यसैले राजनीतिक विज्ञापनहरु फेसबुकमा आम रुपमा विश्लेषण हुन नपाई निश्चित समुदायमा मात्र सीमित हुँदा लक्षित वर्गले गलतलाई समेत आत्मसाथ गर्ने जोखिम रहेको आलोचकहरुले बताउने गरेका छन् ।

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार ००:००