१५ बैशाख २०८१, शनिबार । April 27, 2024

Breaking

सशस्त्रका महानिरीक्षक अर्याल र नेपाल प्रहरीका निमित्त महानिरीक्षक राई अमेरिका प्रस्थान



काठमाडौँ । अमेरिकामा हुने प्रहरी प्रमुखहरुको अन्तर्राष्ट्रिय सङ्घको सम्मेलनमा भाग लिन सशस्त्र प्रहरीका महानिरीक्षक र नेपाल प्रहीका निमित्त प्रहरी महानिरीक्षकसहितको टोली अमेरिका प्रस्थान गरेको छ ।

संघको सम्मेलन अमेरिकाको क्यालिफोर्नियामा यही असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुनेछ । उक्त कार्यक्रममा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदी प्रस्थान गरेका छन् । महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दिइएको छ ।

यस्तै निमित्त प्रहरी महानिरीक्ष, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको तीन सदस्यीय टोली पनि सोही कार्यक्रममा भाग लिन अमेरिका प्रस्थान गरेका छन् । टोलीमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल रहेका छन्।
निमित्त प्रमूख राईको प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने छन् ।

इन्टरपोल र अन्तर्राष्ट्रिय पुलिस सम्बन्धका भावी योजना, समुदाय–प्रहरी साझेदारी अवधारणाअनुरूप मानव बेचबिखनका पीडितको सशक्तीकरण लगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वका चार सदस्यीय टोली संयुक्त अधिराज्य बेलायत छन् । बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रममा सहभागी छन् ।

प्रकाशित : २४ आश्विन २०८०, बुधबार ००:००