२० बैशाख २०८१, बिहिबार । May 3, 2024

Breaking

जनवरी अन्तिममा पाकिस्तान आमनिर्वाचन



काठमाण्डौ । पाकिस्तानको निर्वाचन आयोग (इपिसी) ले जनवरी २०२४ को अन्तिम हप्ता आम निर्वाचनको घोषण गरेको छ । इपिसीले आज गरेको घोषणामा मिति तोकेको छैन ।

आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचन क्षेत्र निर्धारण गर्ने कामको समीक्षा गरी सेप्टेम्बर २७ मा निर्वाचन क्षेत्रको प्रारम्भिक सूची प्रकाशित गर्ने निर्णय भएको जनाएको छ ।

आगामी चुनावमा करिब १२ करोड ७० लाख मतदाताले पाँच वर्षको कार्यकालका लागि नयाँ सरकार चयन बनाउन मतदान गर्ने निर्वाचन आयोग जनाएको छ ।
संवैधानिक कार्यकाल सकिन तीन दिन अगावै राष्ट्रिय सभा विघटन भएको हुनाले पाकिस्तानको संविधानको धारा २२४ ले मंसिर ७ गते सभा विघटन भएको ९० दिनभित्र निर्वाचन गराउनु पर्ने व्यवस्था रहेको पाकिस्तानका सञ्चार माध्यम डनले उल्लेख गरेको छ ।

निर्वाचन आचारसंहिताबारे छलफल गर्न निर्वाचन आयोगले अर्को महिना राजनीतिक दलहरूसँग बैठक बोलाएको एक दिनपछि आजको घोषणा आएको हो ।

प्रकाशित : ४ आश्विन २०८०, बिहिबार ००:००