१९ बैशाख २०८१, बुधबार । May 1, 2024

खेलकुद

पुरुष फुटवलमा नेपालद्वारा माल्दिव्स २–१ ले पराजित



मंसिर २१, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

दशरथ रङ्गशालामा शनिबार दिउँसो भएको खेलमा नेपालले २–१ को जित हासिल गर्दै माल्दिव्सलाई पराजित गरेको हो । मध्यान्तरसम्म १–१ को बराबरी रहेको खेलमा मध्यान्तरपछि नेपालका लागि अनन्त तामाङले निर्णायक गोल गर्दै नेपाललाई ऐतिहासिक जित दिलाउन सफल भए ।

मध्यान्तर अघिसम्म नेपाल र माल्दिभ्सबीच १–१ गोलको बराबरी थियो । खेलको १९ औं मिनेटमा माल्दिभ्सका इब्राहिम हुसेनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर नेपालका लागि अभिषेक रिजालले ४३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

यसअघि सन् १९९९ मा माल्दिभ्समाथि नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पुरुष फुटबलतर्फ जित हासिल गरेको थियो ।

प्रकाशित : २१ मंसिर २०७६, शनिबार ००:००