१६ बैशाख २०८१, आइतबार । April 28, 2024

Breaking

विश्वकप एसिया क्षेत्र छनोट कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा



काठमाडौँ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा कतारलाई पराजित गदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । नेपालको यो लगातार चौथो जित हो ।

यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे थियो ।

एक खेल खघि नै समूह ए बाट नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो । जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा ग¥यो ।

प्रकाशित : १८ भाद्र २०८०, सोमबार ००:००