१७ बैशाख २०८१, सोमबार । April 29, 2024

Breaking

राष्ट्रिय फुटबल टोलीको घोषणा



काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एनेसले म्यानमारसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् ।

नेपाली फुटबल टोलीले फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरुप म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

मैत्रीपूर्ण खेल यही भदौ २२ र २५ म्यानरमारमै हुनेछ । छनोट हुने नेपाली टोलीको गोलरकिपरमा किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्की छन् । त्यस्तै टोलीमा सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अञ्जन राई छन् । मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु र उत्सव राई छन् । फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया रहेका छन् ।

प्रकाशित : १७ भाद्र २०८०, आइतबार ००:००