१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

अर्थ

बजेट सार्वजनिक



बाँकेका सबै स्थानीय तह र कृषि ज्ञान केन्द्रले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम आज नेपालगञ्जमा सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको बजेटमा सबै आठ स्थानीय तहको कूल बजेट रु छ करोड ७४ लाख तथा कृषि ज्ञान केन्द्रको रु १२ करोड रहेको छ । ससर्त बजेट कूल रु ८० लाख रहेको छ ।

सिँचाइ, उन्नत बीउबिजनमा अनुदान, कृषक तालीम, प्रविधि हस्तान्तरण, कृषिको भौतिक पूर्वाधार निर्माणलगायत कार्यक्रममा बजेट समेटिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताउनुभयो । बजेट सार्वजनिक कार्यक्रमको प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले उदघाटन गर्नुभएको थियो । उहाँले स्थानीय तहसँगको समन्वयमा प्रदेश सरकारले काम गर्ने बताउनुभयो । बजेटको सही सदुपयोगका लागि पारदर्शिता, जवाफदेहिता र जनताको सहभागिता हुनु अति जरुरी मन्त्री पौडेलको भनाइ थियो ।

यसैबीच नेपालगञ्जमा आज जिल्लास्तरीय अगुवा च्याउ कृषक भेलाको मन्त्री पौडेलले उदघाटन गर्नुभयो । उहाँले प्रदेश सरकारकाले च्याउ खेतीमा संलग्न कृषकलाई सबैखाले सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो । च्याउ उत्पादक किसान सङ्घले भेलाको आयोजना गरेको हो ।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलबार ००:००