बझाङ । बझाङमा मंगलबार गएको भूकम्पबाट एक जनाको ज्यान गएको छ । जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामीको भुकम्पमा परि निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालयका बझाङले धामीको निधन भएको पुष्टि गरेको छ । भूकम्पबाट ११ जना घाइते भएका छन् । नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उपचारपछि दुई जना घर फर्किएका छन् ।
प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ घरमा क्षति पुगेको छ ।
प्रतिक्रिया