१६ बैशाख २०८१, आइतबार । April 28, 2024

Breaking

युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गरिरहेको छ : प्रधानमन्त्री दाहाल



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गरिरहेको बताएका छन् । नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८० लाई शनिबार सम्बोधन गर्दै प्रचण्डले युवाहरुलाई स्वदेशमा नै भविष्य देखाउन सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा बताए ।

प्रचण्डले आर्थिक वर्ष २०८०/८१ लाई सरकारले युवा उद्यमशीलता वर्षका रूपमा मनाउने घोषणा गरिसकिएको स्मरण गराउँदै यसबाट सकारात्मक परिणाम निकाल्न उनीहरुप्रति उत्साह र सहभागिताको आवश्यकता रहेको बताए ।

युवा जनसङ्ख्या उच्च रहेको वर्तमान समय जनसाङ्ख्यिक लाभांशको दृष्टिले विशिष्ट अवस्था रहेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले जनसाङ्ख्यिक लाभांश नगुमाउँदै युवाको सर्वाङ्गीण विकासका निम्ति ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

कार्यक्रममा अप्रधानमन्त्री प्रचण्डले आफ्नो विदेश भ्रमणबारे समेत गरे । संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीन जाने कार्यक्रम तय भएको र चिनियाँ राष्ट्रपति शी जिनपिङसंग हाङजाओमै भेटवार्ता हुने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।

संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण न्यूयोर्कबाट छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुपर्ने स्थिति बनेको प्रधानमन्त्रीले उल्लेख गरका छन् ।

प्रकाशित : ३० भाद्र २०८०, शनिबार ००:००