२२ बैशाख २०८१, शनिबार । May 4, 2024

ग्लोबल

पेरुका प्रधानमन्त्रीको राजीनामा



लिमा, २५ फागुन (रासस/सिन्ह्वा) – पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिनु भएको जनाइएको छ ।

प्रधानमन्त्री सेजारले यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री हुनुभएको थियो ।

मुलुकमा बढेको भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सेजारले राजीनामा दिनुभएको हो । पछिल्ला दिनमा प्रधानमन्त्री सेजारको लोकप्रियता ओरालो लागेको छ ।

प्रकाशित : २५ फाल्गुन २०७५, शनिबार ००:००