११ बैशाख २०८१, मंगलबार । April 23, 2024

Breaking

झगडाको झोंकमा एक बन्दीले आगो झोस्दा कोलम्बियाको जेलमा ५१ को मृत्यु



एजेन्सी । पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको दङ्गाका कारण ५१ जनाको मृत्यु भएको छ । दङ्गाका कारण २४ सुरक्षाकर्मी घाइते भएका छन् ।

कैदीबीच भएको झगडाले उग्ररुप लिएपछि एकजना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा आगो झोसेका थिए । त्यो आगो कारागारमा फैलिएर ५१ जनाको मृत्यु भएको हो । टोलुआस्थित कारागारमा क्षमताभन्दा बढी कैदीहरु राखिएका थिए । कोलम्बियाका अधिकांश जेलमा क्षमता भन्दा बढी बन्दीहरु राखिएका छन् ।

 

प्रकाशित : १५ असार २०७९, बुधबार ००:००