२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

छापा खबर

आज काठमाण्डौंबाट प्रकाशित पत्रपत्रिकाबाट



काठमाण्डौंबाट प्रकाशित अधिकांश पत्रपत्रिकामा नेपाल आयल निगमका पुर्व कार्यकारी निर्देशक गोपाल खड्कासहित चार जनाविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा दर्ता भएको समचारलाई मुख्य समचार बनाएर छापेको छन् । नयाँ पत्रिका दैनिकले युएईका विभिन्न जेलमा दुई सय नेपाली रहेको नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावास अबुधावीले युएईका विभिन्न प्रान्तहरूमा रहेका केन्द्रीय जेलहरूको भ्रमणपश्चात् तयार पारेको तथ्यांक को प्रतिवेदनमा १८८ पुरुष र १२ महिला युएईमा जेल जीवन बिताइरहेको नयाँ पत्रिकाले उल्लेख गरेको छ । त्यसैगरी राजधानी दैनिकले विवादमा परेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई राजदूतबाट बर्खास्त गर्ने निर्णय गरेको हो । शेर्पा्विरुद्ध मानव बेचबिखनको आरोप लागेको छ । त्यसैगरी नागरिक दैनिकले आइतवारदेखि लगातारको हिउँ वर्षाका कारण हिमाली भेगमा हिउँको तालतलैया जम्न सुरु भएको विषयलाई प्राथमिकतासहित छापेको छ । मुस्ताङ – हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्ने चिसो बढेको र चिसोका कारण बजार सुनसान छ भने मान्छेको जनजीवन प्रभावित भएको कुरा प्राथमिकतासहित छापेको छ । कान्तिपुर दैनिकले भने सरकार र प्रााध्यापक गोविन्द केसीवीच भएको सम्झौतामा सत्तारुढ सांसदहरुको असहमतीलाई प्राथमिकताका साथ छापेको छ।

प्रकाशित : २४ पुस २०७५, मंगलबार ००:००