३० चैत्र २०८०, शुक्रबार । April 12, 2024

ग्लोबल

कोरोना नाममा बेलायतमा चिनियाँ युवतीलाई गाली-गलौज



वासिंटन। कोरोना रोगको बिषयलाई लिएर बेलायतको बकिंघममा एक स्थानीयले चाईनिज युवतीलाई गाली-गलौज सहित हातपत गरेको खबर छ ।

मिरा र ह्वन । फोटो साभार: NewYorkPost

मेट्रो युकेको समाचारलाई उद्धरित गर्दै न्युयोर्क पोष्ट https://nypost.com ले जनाए अनुसार, एउटा भोजमा सामेल भई घर फर्कनेबेला ह्वान नामकी चईनिज युवतीलाई गाली-गलौज भएकोथियो। ती युवती संग रहेकी मिरा नामकी भारतीय युवती साथीले ती ब्याक्ती बिरुद्ध साथिको पक्षमा लागेर भनाभन गरे, कि तिमिले रोगको नाममा जसरी साथिलाई गाली-गलौज गर्दैछौ, यो बिभेद हो । तरपनि ति ब्याक्तिले ती चाईनिज युवतीलाई छोडेनन् । बिवाद  नसकिदै युवतीहरु घर तर्फ लाग्दै थिए, तरपनि ती ब्याक्तीले पच्छ्याउँदै आएर युवतीलाई धकेल्दै भने, तेरो रोग तेरै देश लिएर गईहाल।उनले गाली थप्दै भने पाँचफुट चाईनिज आठफुट देखाउन अग्लो टोपी लगाउने । गाली-गलौज र धक्कामुक्कीपछि लडेर लामो समय बेहोस भएकी ती चीनियाँ युवतीलाई अस्पतालले आराम गर्न भनेको र दुई हप्ता कामबट बिदा लिएकिछिन्।प्रहरीले भने भनाभनकै क्रममा लडेको जनाएको छ।

न्युयोर्क पोष्टले स्थानीय प्रहरीलाई उद्धरित गरेर भनेकोछ, एसियन बिरुद्ध रंगभेद बढेको बताएको छ ।

 बेलायतमा पहिलोपटक गतहप्ता एक सत्तरी बर्षिय ब्रिद्दाको कोरोना रोगका कारण म्रित्यु भएको छ भने १ सय १६ लाई संक्रमण भईसकेको प्रमाणित गरेको छ।

प्रकाशित : २४ फाल्गुन २०७६, शनिबार ००:००