१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

छापा खबर

अहिलेसम्मकै ठूला भ्रष्टाचारी सार्वजनिक गर्दै अख्तियार




काठमाण्डौ ४ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरे केहि समयपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् । उनले अख्तियारले अहिले अकुत सम्पति कमाउने १ सय ४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धनपछि अहिलेसम्मकै सबै भन्दा ठूला भ्रष्टाचारीहरु सार्वजनिक हुने बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४ आँै स्थापना दिवसमा मङ्गलबार आयोजित सुशासन राजनीतिक सदाचार विषयक छलफल कार्यक्रममा उनले आयोगले विविध प्रकृतिका एक १ हजार ५ सयवटा भ्रष्टाचार मुद्दाको अनुसन्धान गरिरहेको जानकारी दिए ।
प्रमुख आयुक्त घिमिरेले भने राजनीतिक आवरणमा ठूला प्रकृतिका भ्रष्टाचार हुने गरेको छ , यसप्रति सबै सचेत नभएसम्म भ्रष्टाचार नियन्त्रण गर्न गाह्रो छ । अख्तियारमा परेका उजुरीको प्रकृति हेर्दा अब कारागारमा कोठा खाली गर्नुपर्ने अवस्था आएको उनले बताए ।
निर्वाचनको बेला उम्मेदवारले कहाँबाट पैसा जुटाउँछन् भन्ने विषय अहिले अनुसन्धानको विषय भएको छ भन्दै वडाअध्यक्षको निर्वाचनका लागि २० देखि ३० लाख र गाउँपालिका अध्यक्ष र नगरपालिकाको प्रमुखको निर्वाचनमा १ करोड रुपैयाँसम्म खर्च हुने गरेको उजुरी आयोगमा पर्ने गरेको उनले जानकारी दिए ।

प्रकाशित : ४ भाद्र २०७६, बुधबार ००:००