२३ बैशाख २०८१, आइतबार । May 5, 2024

सिक्किम हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ को सेमिफाइनलमा प्रवेश

भारतको सिक्किम आक्रमण टोलीले ‘एफसी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ को सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको डोमालाल राजवंशी रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोरङ जिल्ला लिग च्याम्पियन बेलबारी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै सिक्किमले अन्तिम चारणमा आफ्नो स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै सिक्किमले दोस्रो हाफमा…