५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

खेलकुद

पथरीशनिश्चरे दोस्रो नकआउट फुटबलको उपाधी डाँगिहाटको पोल्टामा



मोरङ । मोरङको पथरीमा भएको दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी डाँगिहाट फुटबल क्लब बेलबारीले हाता पारेको छ । बुधबार भएको फाइनल खेलमा साबिक विजेता लेटाङ फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै डाँगिहाटले उपाधी उचालेको थियो ।

उपाधिको लागि खेलको दोस्रो हापको ३० औ मिनेटमा डाँगिहाटको खेलाडी बिक्रम तामाङले निर्णयक गोल गोल गरेका थिए । फाइनल खेलको म्यान अफ दि म्याच लेटाङ फुटबल क्लब मोरङको खेलाडी अभिषेक लिम्बु घोषित भए ।

हाई स्कोरर खेल अबधी भर ३ गोल गर्ने योसेक फुटबल क्लब उर्लाबारीको खेलाडी मन्दिप लिम्बू पुरस्कृत भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी डाँगिहाटको अरुण लिम्बू, उदियमान खेलाडी आयोजक सुनाखरीको खेलाडी अभिषेक लिम्बू, बेष्ट गोल्ड किपर, डिफेन्डर र बेष्ट कोच क्रमश डाँगिहाटकै छिरिङ तामाङ, सुरेन्द्र खवास र अनिल धिमाल घोषित भए ।

त्यसैगरी बेष्ट मिड फिल्डर र फर्वाड लेटाङका सुमन लिम्बू र भुवान राई पुरस्कृत भए । प्रतियोगिताको प्रथम हुनेलाई ८१ हजार, १११ र दोस्रो हुनेलाई ५१ हजार, १११, ट्रफि,मेडल र प्रमाण पत्र प्रदान भएको छ ।

प्रतियोगितामा मोरङको लेटाङ, डाँगिहाट, पथरी स्पोर्टिङ, योसेक फुटबल क्लव उर्लाबारी, आयोजक सुनाखरी युवा क्लब, झापाको सशस्त्र प्रहरी (एपीएफ) र दमक फुटबल क्लब र सुनसरीको पन्चायन फुटबल क्लब गरि आठ वटा टिम सहभागी भएका थिए ।

प्रतियोगिताको समापन कार्यक्रममा प्रदेशको सामाजिक विकासमन्त्री जीवन घिमिरे, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, नगरको खेलकुद विकास समितिको अध्यक्ष मनि लिम्बू लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : ७ कार्तिक २०७६, बिहिबार ००:००