५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

खेलकुद

सिक्किम हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ को सेमिफाइनलमा प्रवेश



भारतको सिक्किम आक्रमण टोलीले ‘एफसी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाको डोमालाल राजवंशी रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोरङ जिल्ला लिग च्याम्पियन बेलबारी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै सिक्किमले अन्तिम चारणमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

पहिलो हाफमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै सिक्किमले दोस्रो हाफमा लगातार तीन गोल ग¥यो भने बेलबारीले एक गोल मात्र थप्यो । बेलवारीका लागि किरण लिम्बूले गोल गरेका थिए ।

पहिलो हाफमा सामान्य खेल प्रदर्शन गरेको सिक्किमले दोस्रो हाफको समयपछि केही फरक समयमा तीन गोल गर्न सफल रह्यो । सिक्किमका लागि दोस्रो हाफको १९औँ मिनेटमा रोहन राईले गोल गरेर खेललाई बराबरीमा ल्याए । त्यसको तीन मिनेट नबित्दै राईले नै थप गोल गरेर अग्रता दोब्बर बनाए । उनले हेडमार्फत गोल गरेका थिए ।

खेलको २–१ नतिजालाई बराबरीमा पु¥याउन बेलबारी एफसीका भुषण लिम्बू सफल भए । उनले २६ औँ मिनेटमा वान टच बललाई सिधैँ गोलपोष्टको दिशा दिएका थिए । पहिलो बार च्यापेका भुषणको प्रहारलाई सिक्किमका गोलरक्षक मनोज प्रधानले बचाउन सकेनन् ।

सिक्किमलाई सेमिफाइनल पु¥याउनका लागि करण राईको योगदान महत्वपूर्ण रह्यो । उनले दोस्रो हाफको ३५औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । जीत नजिक पुगेको मोरङ पहिलो खेलबाटै बाहिरिएको छ ।

खेलको म्यान अफ दी म्याच सिक्किमका रोहन राई घोषित भए । उनलाई झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले पुरस्कारस्वरुप नगद १० हजार प्रदान गर्नुभयो । जायोन स्पोर्टस् क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् । मङ्गलबार नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

प्रकाशित : १८ कार्तिक २०७६, सोमबार ००:००