५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

खेलकुद

डागिहाट बेलबारी सेमि फाइनलमा प्रवेश

पहिलो सेमि फाइनल खेल उर्लाबारी र लेट्ङवीच हुने




मोरङ । मोरङको पथरीमा भइरहेको दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको शनिवार भएको खेलमा ट्राइब्रेकरमा ४(२ गोल अन्तरले दमक फुटबल एकेडेमी झापालाई पराजित गर्दै डागिहाट फुटबल क्लब मोरङ प्रतियोगिताको सेमि फाइनलमा प्रवेस गरेको छ ।

खेल सुरुभएको पहिलो मिनेटमै दमक फुटबल एकेडेमिका खेलाडी अनिल तिम्सिनाले गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाएका थिए । दोस्रो हापको अन्तिम २९ औ मिनेटमा डागिहाटका खेलाडी विक्रम तामाङले गोल गरेपछी निर्धारित समयमा १ बराबरीमा खेल टुङ्गिएको थियो ।

ट्राइव्रेकरमा डागिहाट मोरङको लागि शङ्कर राई, विक्रम लिम्बू, विक्रम धिमाल, सुरेन खवासले गोल गरेका थिए । दमकका लागि सुसन कार्की, किस्मत लिम्बुले गोल गरेपनी अनिश खड्काले प्रहार गरेको गोल पोस बहिरिनुको साथै राजन धिमालले हानेको गोल
विपक्ष टिमको रक्षक छिरिङ तामाङले फर्काइदिएका थिए

खेलको म्यान अफ दि म्याच डागिहाटका गोल रक्षक छिरिङ तामाङ घोषित भए ।

भोलि ९आइतबार०को पहिलो सेमि फाइनल खेल लेटाङ फुटबल क्लब र योसेक फुटबल क्लब उर्लाबारी मोरङवीच प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव टाइवन राईले बताए ।

प्रकाशित : २ कार्तिक २०७६, शनिबार ००:००