५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

खेलकुद

लेटाङ उपाधी नजिक



मोरङ । साबिक बिजेता लेटाङ फुटबल क्लब मोरङको पथरीमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी नजिक पुगेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा योसेक फुटबल क्लब उर्लाबारीलाई १-० गोल अन्तरले पराजित गर्दै लेटाङ पुन उपाधी नजिक पुगेको हो ।

खेल सुरु भएको ९ औ मिनेटमा लेटाङका खेलाडी भुवन राईले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच योसेक क्लब उर्लाबारीका खेलाडी प्रकाश भुजेल घोषित भए ।

भोलि (सोमबार)को सेमि फाइनल खेल पन्चायन फुटबल क्लब धरान सुनसरी र डाँगिहाट फुटबल क्लब मोरङवीच प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव टाइवन राईले बताए ।

सेमिफाइनलमा मोरङको लेटाङ, उर्लाबारी, डागिहाट र सुनसरी पन्चायन फुटबल क्लब धरान प्रबेस गरिसकेको छ । प्रतियोगिताको प्रथम हुनेलाई ८१ हजार, १११ र दोस्रो हुनेलाई ५१ हजार, १११, ट्रफि,मेडल र प्रमाण पत्रले प्रदान हुनेभएको छ ।

प्रकाशित : ३ कार्तिक २०७६, आइतबार ००:००