१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

Life Style

क्यान्सर विरुद्ध एक भएर लडौँ



आज विश्व क्यान्सर दिवश (अबुर्द रोग) संसारभरि मानव जाती एक भएर क्यान्सर विरुद्ध जुट्नका लागि सचेतना भर्ने दिन ।
समय र सभ्यताको विकाससंगै हामी मानव जाती विभिन्न प्रकारका रोगहरुसंग लडिरहेका छौ । हिजो शिक्षा र सञ्चारको अभावमा सामान्य रोगका कारण नै धेरै मानिसहरुको ज्यान जाने गर्थे ।

आज जानकारी छ तर सचेतनाको अभावमा क्यानसर जस्ता रोगका कारण दिनानुदिन लाखौ संसारका मानिसहरुले प्राण त्याग गर्नु परिरहेको छ । हिजो अन्धविश्वास थियो । उपचारका वैज्ञानीक पद्धतीहरुको विकास भएको थिएन । परम्परागत विधिहरु अवलम्बन गर्ने ती प्रभावकारी हुने कुनै भएन । रोगहरु कसरी लाग्छन्, कसरी फैलिन्छन भन्ने कुनै वैज्ञानिक अध्ययन अनुसन्धान हुन्थेन । अनुसन्धान नै नभएपछि तथ्याङ्क हुने कुरै भएन । आज ती अध्ययन अनुसन्धान भएको छ । तर अनुशासनको र सचेतनाको अभावमा अवस्था फेरिन सकेको छैन ।

तर यतिवेला कुन रोग के कारणले लाग्छ र त्यसको उपचार कसरी हुन सक्छ भन्ने पत्ता लागेको छ । अहिले हामी विश्वव्यापीकरणका कारण संसारको कुनै पनि जानकारी क्षणभरमै पाउँछौ । मानव स्वाथ्यमा पर्ने नकरात्मक प्रभावहरु के कारणले हुन्छ । त्यसको अध्ययन अनुसन्धान मात्र होइन उपचारको विधिहरु पनि पत्ता लागेका छन् तर सचेतना अभावमा धेरै मानिसहरुको ज्यान जाने कारण हुने गर्दछ । कुनै पनि रोग र त्यसको निधानको उपायहरु थाहा हुदाँहुदै पनि पालना नगर्ने हाम्रो स्वभावका कारण पनि गम्भिर परिणाम भोग्नु पर्ने हुन्छ ।

हरेक बर्ष लाखौलाख मानिसहरुको क्यानसरका कारण हुने मृत्यु कम गर्दै सचेतना फैलाउने र उपचारका माध्यमबाट जोगाउने पवित्र उदेश्यले प्रत्येक फ्रेब्रुअरी ४ मा क्यान्सर दिवस मनाईन्छ । हामी धेरैले क्यान्सरको कारणले आफन्त, साथीभाई र छिमेकी गुमाएको छौ । क्यान्सर मानिसहरुकोलागि एउटा दूर्भाग्य बनेको छ । क्यान्सरसंगको संघर्ष, खर्च, पीडा सायद नभोग्नेले परिकाल्पना गर्न पनि गाह्रो छ ।

हरेक बर्ष लाखौलाख मानिसहरुको क्यानसरका कारण हुने मृत्यु कम गर्दै सचेतना फैलाउने र उपचारका माध्यमबाट जोगाउने पवित्र उदेश्यले प्रत्येक फ्रेब्रुअरी ४ मा क्यान्सर दिवस मनाईन्छ । हामी धेरैले क्यान्सरको कारणले आफन्त, साथीभाई र छिमेकी गुमाएको छौ । क्यान्सर मानिसहरुकोलागि एउटा दूर्भाग्य बनेको छ । क्यान्सरसंगको संघर्ष, खर्च, पीडा सायद नभोग्नेले परिकाल्पना गर्न पनि गाह्रो छ । जसले धेरै जीवनलाई मृत्यु शैयामा पु¥याएको छ ।

संसारका धेरै मानिसहरु क्यान्सरसंग यतिखेर जुधिरहेका छन्, लडिरहेका छन । यो दिवसको अवसरमा ती सबैलाई हौसला र मृत्यू वरण गरेकाहरुलाई श्रद्धाञ्जली दिने दिवस पनि हो । यो दिवसको अवसरमा फराकिलो सोच र क्रियाकलापहरुबाट क्यान्सरका विभिन्न स्वरुप विरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनि विस्वभरी नै छलफल हुने गरेका छन् ।

यसको उपचारात्मक स्वास्थ्य विज्ञानलाई (ओकोंलोजी) भनिन्छ । क्यान्सरलाई नेपालीमा (अर्बुदरोग) भनिन्छ । समयमै पहिचान हुनसकेमा धेरैहदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ । क्यान्सरको उपचारकालागि विकिरणहरु प्रयोग गरि क्यान्सर भएको ठाउँमा सेक्ने गरिन्छ ।

यस्तो पद्धतीलाई ुकेमोथेरापीु भनिन्छ र केमो गर्दा विरामीहरुको अधिकांश कपाल झर्ने भएकाले यो दिवसका दिन संसारभरिका मान्छेहरुले आफ्नो कपाल काटेर क्यान्सर पिडितलाई पूर्नप्रयोगकालागि दान दिने र सामाजिक सञ्जालहरुमा कपाल विनाको तस्वीर राखेर क्यान्सर विरुद्धको एैक्यवद्धता जनाउने परम्परा रहिआएको छ ।

संसारभरि क्यान्सरले गराउने मृत्युको २२ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने पाईन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित व्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने क्यान्सरले हुन्छ । त्यस बाहेक विकिरणहरु अनि अन्य संक्रमणहरु रहेका छन । हाम्रो जस्तो देशमा हेपाटाईटीस बि, सि अनि ह्यूमन प्यापीलोमा भाईरसहरुका कारणले पनि क्यान्सर हुने गरेको पाईन्छ ।

केही क्यान्सरह पुस्तैनीरुपमै आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी क्यानसर हुने गर्दछ ।
मदिरा, सुर्तिजन्य पदार्थको सेवन नगर्नाले र प्याकेटका खानेकुरा कम खाए, प्रशस्त फलफूल अनि तरकारि खाने बानी बसाले, तौल सन्तुलन राखे साथै घामवाट जोगिएमा क्यान्सरको जोखिमबाट बच्न सकिन्छ । यस दिवसको अवसरमा स्वास्थ्य तथा दीर्घ जीवनको शुभकामना ।

प्रकाशित : २१ माघ २०७५, सोमबार ००:००