२२ बैशाख २०८१, शनिबार । May 5, 2024

समाचार

नक्कली परीक्षार्थी बनेर परीक्षा दिने पक्राउ



काठमाडौँ ।  लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान खुल्ला तथा समावेशी जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा किर्ते हस्ताक्षर गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २३ फाल्गुन २०७७, आइतबार ००:००