१९ बैशाख २०८१, बुधबार । May 1, 2024

Uncategorized

दिपक लिम्वुको बाटो काटिएला युट्युवमा रिलिज


१६ फाल्गुन २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ । नेपाली तारा दिपक लिम्वुले लामो समयपछि नयाँ गीत सार्वजनिक गरेका छन् । बाटो काटिएला बोलको गीत म्युजिक भिडियो सहित गायक दिपक लिम्बुले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

भिडियोमा बादल श्रेष्ठ र प्रतिक्षा थापा मगरको मुख्य अभिनय रहेको छ । कलाकार दीपक पछल्दंग्या र मौसम राईले पनि साथ दिएका छन् ।
भिडियोमा भर्जिन लोकेसनमा दुश्य कैद गरिएका छन् । उक्त भिडियोमा भोजपुरदेखी सुनसरी हिंडेको लाहुरे तन्नेरीको भावनालाई कैद गरिएको छ । पर्यटकिय नगर चतराको जल यात्रालाई पनि समेटीएको छ ।

तारा प्रकाश लिम्वुको संगित, वि। पाण्डेको शब्द, गोपाल रसाईलीको एरेन्ज रहेको छ । सुमन तामाङले क्यामेरा र ड्रोन चलाएका छन् भने बारत लिम्वुले सहनिर्देशन गरेका छन् । अनिल राणाको सम्पादन रहेको भिडियोमा भीषण राईको निर्देशन रहेको छ ।
पर्यटन प्रवद्र्धन गर्न आफूले भोजपुरदेखी सप्तकोशी नदि हुंदै चतरासम्मको मनमोहक दृश्यलाई भिडियोमा समेट्ने प्रयास गरेको निर्देशक भीषण राईले बताए ।

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार ००:००