१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

समाचार

प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप लगाए


२३ फाल्गुन २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीले आज बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान पनि औपचारिकरुपमा सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्ते गृह मन्त्री रामबहादुर थापा बादल र अन्य मन्त्रीहरुले पनि त्रिवि शिक्षण अस्पतालमा पुगेर खोप लगाइसकेका छन् ।

यसपटक करिब १६ लाखले खोप लगाउने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।

प्रकाशित : २३ फाल्गुन २०७७, आइतबार ००:००