१६ बैशाख २०८१, आइतबार । April 28, 2024

समाचार

स्कूटरलाई गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु


२३ फाल्गुन २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ ।   पोखराको बुलौदीमा स्कूटरलाई गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको प्रहरी जनाएको छ ।

ग ५ प ८३६४ नम्बरको स्कूटरलाई नम्बर नखुलेको सवारी साधनले आइतबार बिहान ठक्कर दिँदा स्कुटर चालक धनकुटा शहीद भूमि गाउँपालिका–१ हुगुवा घर भई पोखराको बैदाम बस्ने ४७ वर्षीय जितबहादुर राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित : २३ फाल्गुन २०७७, आइतबार ००:००