१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मनोरञ्जन

चलचित्र समिक्षक शुसिल पौडेल लिखित चलचित्र प्रसादको सिक्वेल बन्ने



लक्ष्मण गजुरेल ,११ फागुन ।  चलचित्र समिक्षक शुसिल पौडेलद्धारा लिखित चलचित्र प्रसादको सिक्वेल बन्ने भएको छ । दर्शकले रुचाएको चलचित्रको सिक्वेल बन्ने चलन विश्व सिनेमा बजारमा नयाँ कुरा भने होइन ।

नाइ न भन्नु ल , ए मेरो हजुर , प्रेम गित र छक्का पन्जा जस्ता चलचित्र हरुकै बाटो पछ्याउदै चलचित्र प्रसादको पनि दोस्रो भाग निर्देशक सौरभ चौधरीले प्रसाद २ निर्माण गर्ने भएका हुन् ।

नम्रता श्रेष्ठ र विपिन कार्की शीर्ष भूमिकामा रहेको चलचित्रको दोस्रो भागमा पुरानै कथा लाई निरन्तरता दिइने हो या नयाँ कथा ल्याइने हो भन्ने बारे खुलाइएको छैन ।

पहिलो भागको निर्देशन भने दिनेश राउतले गरेका थिए
चलचित्रको दोस्रो भाग सौरभ चौधरीले निर्देशन लागेका हुन् । ।

‘प्रसाद’मा शीर्ष भूमिकामा देखिएका नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चिल बस्नेत ‘प्रसाद–२’मा पनि शीर्ष भूमिकामा नै देखिने भएका छन् । यी ३ कलाकार चलचित्र ‘प्रसाद–२’का लागि अनुबन्धित भइसकेका छन् ।

चलचित्र सुभाष थापाले निर्माण गर्ने छन् । चैतको दोस्रो साताबाट छायांकनमा जाने बताइएको छ ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलबार ००:००