२३ बैशाख २०८१, आइतबार । May 5, 2024

समाचार

आइतबार राति भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु



काठमाडौँ ३ फागुन । रुपन्देहीको बुटवलमा आइतबार राति भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन्।

आइतबार मध्यराति पौने १ बजेतिर बुटवल उप महानगरपालिका वडा नं १० कालिकानगर सन्जिवनी कलेज नजिक सर्भिसलेनमा मोटरसाइकल र स्कुटर आपसमा ठक्कर खाँदा एक युवाको मृत्यु भएको हो। तिलोत्तमाको योगीकुटीदेखि बुटवल राजमार्ग चौराहातर्फ गइरहेको लु ५८ प २८३५ नं।को स्कुटर र विपरीत दिशाबाट योगीकुटीतर्फ गइरहेको लु १५ प १४७२ नं।को मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक बुटवल ११ का अन्दाजी २२ वर्षीय सन्जु खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । ।

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार ००:००