१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

समाचार

शेरधन राईको कडा टिप्पणी


३ फाल्गुन २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ३ फागुन ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई जनताको विश्वासमा तातो पानी खन्याउने काम भएको टिप्पणी गरेका छन् ।

प्रदेशसभाको तेस्रो वार्षिक उत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले प्रदेशमा अस्थिरता सिर्जना गरी जनताको विश्वासमा घात पुर्याउने काम भएको बताएका छन् । अविश्वासको प्रस्तावलाई मुख्यमन्त्री राईले जनविरोधी हर्कतको संज्ञा दिँदै यसविरुद्ध एकजुट हुनुपर्ने पनि बताएका छन् ।

प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । उक्त प्रस्तावमाथि प्रदेशसभामा छलफल हुन सकेको छैन ।

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार ००:००