काठमाडौँ १० फागुन । बाँकेमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
नेपालगंज उपमहानरगपालिका २२ पुरैनीस्थित सडक भे १ त ९२१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतवार राति दुर्घटना हुँदा ट्याक्टर चालक खजुरा गाउँपालिका ४ बस्ने ३६ वर्षीय चेत बहादुर थारूको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया