२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

मनोरञ्जन

सर्वोत्कृष्ट गायिकाको अवार्ड प्रविशा अधिकारीले जितिन्


२० माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ २० माघ ।  गायिका प्रविशा अधिकारीले ‘भूपु माया’ गीतका लागि वर्षको सर्वोत्कृष्ट गायिकाको अवार्ड जितेकी छिन् । प्रविसाले अवार्ड जितेर खुशि भएको बताएकी छिन् । ब्राण्डरुट इन्टरटेन्मेन्टले काठमाडौंमा आयोजना गरेको एउटा सांगीतिक समारोहमा वर्षका उत्कृष्ट गीतका स्रष्टाहरुलाई ‘नेशनल ब्राण्ड म्युजिक अवार्ड–२०७७’द्वारा सम्मानित गरेको हो ।

यस्तै जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा गायक प्रमोद खरेलले ‘उसलाई पाउन’ गीतका लागि वर्षको सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड जितेका छन् ।

समारोहमा गायक रामकृष्ण ढकाललाई समारोहमा गायक रामकृष्ण ढकाललाई चलचित्र ‘हिजो आजका कुरा’ को ‘माया जदौ’ गीतका लागि सर्वोत्कृष्ट पाश्र्व गायकको रुपमा अवार्ड प्रदान गरिएको छ भने गायिका मेलिना राईलाई पनि त्यही गीतबाट सर्वोत्कृष्ट पाश्र्व गायिकको रुपमा पुरस्कृत गरिएको छ ।

यस्ता सम्मानबाट थप हौसला मिल्ने र निरन्तर मिहेनत गर्ने कलाकारले बताएका छन् ।

प्रकाशित : २० माघ २०७७, मंगलबार ००:००