२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

International

जो बाइडनको म्यानमार सेनाविरुद्ध कदम चाल्ने चेतावनी


२० माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ २० माघ । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने चेतावनी दिएका छन् ।

म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा लिएको छ । र एक वर्ष संकटकालको घोषणा गरेको छ ।

म्यानमारको सेनाको सो कदमको बाइडनले कडा शब्दमा विरोध जनाएका अन्तराष्ट्रय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

उनले म्यानमारको सत्ता तत्काल छोड्न सेनालाई भनेका छन् ।
म्यानमारमा भएको सैनिक ‘कू’को विश्वभरबाट विरोध भइरहेको छ ।

प्रकाशित : २० माघ २०७७, मंगलबार ००:००