२२ बैशाख २०८१, शनिबार । May 4, 2024

International

भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठकै दिन दूतावास नजिक बम विष्फोट


१७ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ १७ माघ । भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट भएको छ । भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठकै दिन एपीजे अब्दुल कलाम रोडमा शुक्रबार साँझ बम विष्फोट भएको हो ।

विष्फोटबाट दूतावासमा भने क्षति पुगेको छैन । तर पार्किङ गरेर राखिएका केही कारका सिसा फुटेका दिल्ली प्रहरीले जनाएको छ ।

बम विष्फोट कसले र किन गरायो भन्ने खुलेको छैन ।

प्रकाशित : १७ माघ २०७७, शनिबार ००:००