१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

समाचार

प्रचण्ड–नेपाल समूहले आज काठमाण्डौमा विरोध प्रदर्शन गर्ने तयारि


९ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ । चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत नेकपाले आज काठमाण्डौमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा को प्रचण्ड–नेपाल समूहले आज काठमाण्डौमा विरोध प्रदर्शन गर्ने तयारि पुरा भएको बताएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले आजको प्रदर्शन शान्तिपूर्ण हुने जानकारि प्राप्त भएको छ । विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदुर र खेलकुद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिने सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताएका छन् ।

सरकारले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेको छ ।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार ००:००