१८ बैशाख २०८१, मंगलबार । May 1, 2024

International

डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छाडे


८ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ । दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा पराजित भएका डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छाडेका छन् ।राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले पदभार ग्रहण गर्ने दिन बिहान ट्रम्पले राष्ट्रपति कार्यालय छाडेका हुन् ।
आफ्ना उत्तराधिकारीलाई ह्वाइटहाउसमा स्वागत गर्ने परम्परालाई लत्याउँदै उनी फ्लोरिडा उडेका हुन् । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार उनले राष्ट्रपति पद छोड्ने अन्तिम समयमा ७३ जनालाई क्षमादान दिएका छन् ।

बिदाइ सम्बोधनमा ट्रम्पले अमेरिका सधैँ संसारका लागि आशा, प्रकाश तथा गौरवको भूमि भएको र भविष्यमा पनि रहिरहनुपर्ने बताएका छन् ।नयाँ प्रशासनले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइराख्न सफल हुनेमा उनले विश्वास व्यक्त गरे ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार ००:००