२१ बैशाख २०८१, शुक्रबार । May 4, 2024

International

कंगना रनावतको आफ्नो नयाँ फिल्मको पोस्टर सार्वजनिक


७ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनावतले आफ्नो नयाँ फिल्मको पोस्टर सार्वजनिक गरेकी छन्। कंगनाले सामाजिक सञ्जालमार्फत् फिल्म धाकडको पोस्टर सार्वजनिक गरेकी हुन्। सार्वजनिक पोस्टरमा बोल्ड देखिएकी कंगनाको हातमा तरबार छ भने आखाँमा आक्रोश देखिएको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार, कंगनाले ट्विटरमा पोस्टर सेयर गर्दै लेखेकी छन्, ‘उनी निडर र ज्वलन्त छिन्।

रजनेश घई निर्देशित धाकडमा कंगनासँगै अभिनेता अर्जुन रामपाल र अभिनेत्री दिव्या दत्त मुख्य भूमिकामा देखिँदैछन्। गत वर्षको तिहारमा सार्वजनिक हुने भनिएको फिल्म कोरोना महामारीका कारण सार्वजनिक हुन सकेन। अब भने फिल्म आगामी अक्टुबर १ मा सिनेमा हलबाटै सार्वजनिक हुन लागेको हो। फिल्मको टिजर गत अगस्टमा सार्वजनिक भएको थियो ।

प्रकाशित : ७ माघ २०७७, बुधबार ००:००