२० बैशाख २०८१, बिहिबार । May 2, 2024

समाचार

भारतले १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने


७ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिए ।
अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने बताएका छन् । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताएका छन् ।

मन्त्री त्रिपाठीले खोप ल्याउने सबै तयारी पूरा भएको पनि बताएका छन् । उनले खोप अनुदानमा दिएकामा भारत सरकारलाई धन्यवाद दिएका छन् ।

प्रकाशित : ७ माघ २०७७, बुधबार ००:००