२२ बैशाख २०८१, शनिबार । May 4, 2024

समाचार

सिलिण्डर लिक भएर आगलागी हुँदा एक जनाको ज्यान गयो


७ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं ।  उपचारका क्रममा गएराति वलिको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । खाना पकाउने ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका दाङको तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टाका ४० वर्षका वसन्त वलीको ज्यान गएको छ ।

माघ १ गते सिलिण्डर ग्यास लिक भएर आगलागी हुँदा वली र उहाँकी श्रीमती ३५ वर्षीया गीता वली गम्भीर घाइते हुनु ।

दुवै जनाको कीर्तिपुर बर्निङहर्ट अस्पतालमा उपचार भइरहेको थियो । तर उपचारको क्रममा वसन्तको मंगलबार राती ज्यान गएको उहाँको पारिवारिक श्रोतले जानकारी दिएको छ । गीताको भने त्यही अस्पतालमा उपचार भइरहेको छ ।कुखुराका बच्चा निकाल्न तापक्रम दिनका लागि ग्यास बाल्ने क्रममा अचानक ग्यास लिक भएर आगलागी भएको थियो ।

प्रकाशित : ७ माघ २०७७, बुधबार ००:००