२२ बैशाख २०८१, शनिबार । May 4, 2024

समाचार

केपी ओली र माधव नेपाल उस्तै-उस्तै हुन् भन्दा आफूलाई पोल्छ : नेपाल


७ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले केपी ओली र माधव नेपाल उस्तै–उस्तै हुन् भन्दा आफूलाई पोल्ने बताएका छन् ।

बुधबार बिहान सम्पादकहरुसँगको छलफलमा नेपालले भने केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ ।आफूले गल्ती गरेको भए स्वीकार्न तयार रहेको बताउँदै नेपालले भने, गल्ती छन् भने स्वीकार्छु, नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन ।जम्मै नेता उस्तै हुन् भनेर नकारात्मक भ्रम फैलाइएको बताउँदै उनले समाजमा राम्रा मान्छेहरु पनि रहेको बताए ।

प्रकाशित : ७ माघ २०७७, बुधबार ००:००